गोविन्द केसी फेरि अनसन बसे मेरो भन्नु केहि छैन : स्वास्थ्यमन्त्री यादव

शनिबार, २६ साउन २०७५, ११ : २५
गोविन्द केसी फेरि अनसन बसे मेरो भन्नु केहि छैन : स्वास्थ्यमन्त्री यादव


चितवन : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गोविन्द केसी फेरी अनसन बस्ने बिषयमा कुनै टिप्पणी नगर्ने बताउनुभयो ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री यादवले केसीको मागको विषयमा सरकार कार्यदिशा निर्माण गरेर अघि बढिरहेको जानकारी दिनुभयो ।

गोविन्द केसी फेरी अनसन बस्ने चर्चा चलेका छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भन्नुभयो,“त्यो कुरा उहाँले जान्ने हो । मैले त जान्ने कुरा भएन ।”
शिक्षा ,स्वास्थ्य जस्ता क्षेत्रको परिवर्तन विना समृद्ध समाज निर्माण गर्न नसकिने उहाँको भनाई थियो ।

जनतासँग प्रत्येक सरोकार रहेका क्षेत्रलाई,परिवर्तन गर्ने,सुधार गर्ने र आधुनिकिरण गर्ने काममा सरकार अघि बढेको जानकारी दिनुभयो ।
भरतपुर अस्पतालाई केन्द्रिय अस्पताल बनाउन छलफल र गृहकार्य जारी रहेको मन्त्री यादवले उल्लेख गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस