काठमाडौँ । माओवादी केन्द्रीय समितिको जारी बैठक दोस्रो दिन प्रज्ञाभवन कमलादीमा सुरू भएको छ । बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्धय गराइएको छ ।
बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुको साथसाथै, समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रमा १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप
माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ
माओवादीले घोषणा गर्यो तीन महिने रुपान्तरण अभियान
माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी रहने
पार्टी बैठकमा नारायणकाजीको ब्रिफिङ - पेरिसडाँडा सम्पर्क कार्यालय र बालुवाटार-खुमलटार केन्द्रीय कार्यालयजस्तो भयो
जनतामा आशाको सञ्चार पैदा भएको छ: प्रचण्ड