काठमाडौँ । बितेको ५ दिनमा मात्रै नेपालमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को आँकडा अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
ईडीसीडीका अनुसार सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगु संक्रमण देखिएको छ । यस प्रदेशमा ३ हजार ८२१ केश पुष्टि भएको छ ।यस्तै, दोस्रोमा बागमती प्रदेशमा ९६२ र गण्डकी प्रदेशमा ३५७ केश पुष्टि भएको छ ।
क्रमशः सुदूरपश्चिम प्रदेशमा ३२५, लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ केस पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा डेंगु संक्रमितको संख्या ७ हजार नाघ्यो
डेंगु संक्रमितको सङ्ख्या ४४ हजार नाघ्यो
तनहुँमा डेंगु : गण्डकी प्रदेशमै सबैभन्दा बढी
डेंगु भाइरसको संक्रमण नियन्त्रणमा
डेंगु संक्रमणबाट शिक्षकको मृत्यु
नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो