काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले किसानका मागलाई व्यवहारमा पूरा गर्नुपर्ने बताएका छन् । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति परिचयात्मक कार्यक्रममा नेता बस्नेतले किसानका हक र अधिकारहरू नारामा सीमित रहेको बताए ।
‘सरकार असफल भएको हो कि भन्ने शंका लाग्न थालेको छ’, उनले भने, ‘किसानका उत्पादन सस्तोमा लिने । तिनै किसानलाई आवश्यक मल, बीउबिजन, औषधि महँगोमा बिक्री गर्ने यो कस्तो तरिका हो।
नेता बस्नेतले सरकार कालोबजारी नियन्त्रणमा उदासीन रहेको समेत आरोप लगाए । सरकारले किसानका पक्षमा काम गर्न नसक्ने हो भने कांग्रेसले सरकार छोड्नुपर्ने नेता बस्नेतले बताए ।बस्नेतले भ्रष्टाचार बिरोधी अभियानमा कांग्रेस सरकारमा हुँदा वा नहुँदा बुलन्द आवाज उठाउँदै आएको पनि बताए।
ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले किसान महासंघ ललितपुरलाई किसानहरूको हकहित र अधिकारमा काम गर्दा पार्टीबाट चाहिने जस्तो सुकै सहयोग प्राप्त हुने बताए ।नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले महासंघ किसानका हक र अधिकारका विषयमा एकताबद्ध रहेको बताए ।
तिमिल्सिनाले किसानले उत्पादन गरेका सामानको उचित बजार र मूल्य नपाउँदा कृषक सस्तोमै आफ्ना उत्पादन बेच्न बाध्य भएको बताए ।किसान महासंघका ललितपुरका अध्यक्ष चक्र महर्जनले वीपीले २००८ सालमा स्थापना गरेको किसान संघ २०७८ मा किसान महासंघ बनेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १६ : १९
लेखकबाट थप