काठमाडौं। सर्लाहीका पूर्वसांसद एवं तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनी मूलघर फर्किएको एमाले सर्लाहीका नेता चुँडामणि वाग्लेले बताए ।
नेता उप्रेती सर्लाहीका एमाले नेताहरू हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग बालकोट पुगेका थिए ।तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उनी २०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको दाबेदार थिए । त्यसैबेला एमालेले प्रदेशमा टिकट दिएको थियो ।
त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ (क) बाट प्रदेशसभामा विजयी भए । गत मंसिर ४ मा उनी नेकपा एसबाट उठेपनि पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, ११ : ४४
लेखकबाट थप