काठमाडौ । कामना सेवा विकास बैंकको ५७ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।
यो सेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको अवधिभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?