महिला विश्वकप फुटबलमा मोरक्कोको ऐतिहासिक जीत

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १३ : २०
महिला विश्वकप फुटबलमा मोरक्कोको ऐतिहासिक जीत

मेलबर्न । मोरक्कोले जारी महिला विश्वकप फुटबलमा आइतबार दक्षिण कोरियालाई १-० गोलले हराएर इतिहासमै पहिलो जीत हात पारेको छ । मोरक्कोले पहिलोपटक महिला विश्वकप खेलिरहेको छ ।

पहिलो खेलमा जर्मनीसँग ६-० गोलले पराजित मोरक्कोले अब समूहको तेस्रो तथा अन्तिम खेलमा कोलम्बियालाई हराउन सके दोस्रो चरणमा स्थान बनाउनेछ ।

दक्षिण कोरियाविरुद्ध मोरक्कोकी इब्तिसाम जेराईदीले निर्णायक गोल गरिन् । खेलको छैटौं मिनेटमा उनले गोल गरेकी थिइन् । यसअघि गत वर्ष आयोजना भएको पुरुष विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक यात्रा तय गर्दै सेमिफाइनलसम्म पुगेको थियो ।