काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत अधिकृत राजु पुरीले एक करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ।
पुरीविरुद्ध एक करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ ८३ पैसा बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ। २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीले यसबीचमा एक करोड २० लाख ७७ हजार ७ सय ४८ रुपैयाँ वैध आय गरेको देखिए पनि उनको सम्पत्ति २ करोड २४ लाख ८१ हजार ६ सय ९० रुपैयाँ ५२ पैसा रहेको अख्तियारले जनाएको छ।
पुरीले कमाएको अकुत सम्पत्ति श्रीमती सृजना गिरीको नाममा राखेको देखिएकाले जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन