अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको मिति तय, पहिला भारत जाने

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०७५, १२ : ३०
अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको मिति तय, पहिला भारत जाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ । 
नेकपा स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् । 
भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै चीन भ्रमणमा रहँदा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भेट्ने तयारी छ ।

एमाले र माअ‍ोवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासले दौडधूप थालेका थिए । तर, प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने तय भएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भ्रमणका क्रममा भएका सहमति कार्यान्वयका लागि वातावरण सहज बनाउनु भ्रमणको उदेश्य रहेको नेकपा नेताहरु बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस