तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्न सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १४ : ५७
तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्न सम्झौता

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्न सम्झौता सम्पन्न भएको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको हो । 

कम्पनीले शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशनको तयारी गरेको छ ।  सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस