चन्द्रागिरीमा कार दुर्घटना, दुईजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १४ : ३६
चन्द्रागिरीमा कार दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा १० च ३५४६ नम्बरको कार चन्द्रागिरी-४ मारुती घाटमाथी दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको बुझिएको छ।