काठमाडौं । साताको अन्तिम कारोबारका दिन (शुक्रबार) बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन बिहीबार छापावाल सुन तोलामा आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको मूल्य आज ९ सय रुपैयाँले घटेर एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कायम भएको छ। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ साउन २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?
सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो