काठमाडौ । डोटीमा सेती नदीमा डुबेर १ बालक बेपत्ता भएका छन् ।
दिपायलसिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउँद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीवार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका ४ वर्षीय मिलन साउँदको स्थानीयले उद्धार गरेका थिए ।
उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।
बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ साउन २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार