नदीमा डुबेर बालक बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, ०८ : ४०
नदीमा डुबेर बालक बेपत्ता

काठमाडौ । डोटीमा सेती नदीमा डुबेर १ बालक बेपत्ता भएका छन् ।

दिपायलसिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउँद सेतीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीवार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका ४ वर्षीय मिलन साउँदको स्थानीयले उद्धार गरेका थिए ।

उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ । 

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस