सिटिजन्स बैंकद्वारा दुई रेस्टुरेन्टसँग छुटसम्बन्धी समझदारी

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, १६ : ४८
सिटिजन्स बैंकद्वारा दुई रेस्टुरेन्टसँग छुटसम्बन्धी समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टंगालस्थित अप्रिकस क्याफे र ठमेलस्थित ठमेल मोमोतारु रेस्टुरेन्टसँग एक सम्झौता गरेको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेसम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५%  र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।