काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताएका छन ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताए। उनले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।
उनले विधेयकको रुप फेरिएपनि सार नफेरिएको प्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १३ : १५
लेखकबाट थप