काठमाडौ । नेपाल वायु सेवा निगमले एक सातादेखि ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ ।
न्यारोबडी ए–३२० कल ९–एन एकेडब्लु (नेपाली नाम सगरमाथा) जहाजमा गत वर्ष फागुनदेखि भाडाको इन्जिन प्रयोग गर्दै आएको निगमले ग्राउन्डेड अर्काे न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स उडानका लागि पनि इन्जिन भाडामा लिने तयारी गरेको छ ।
असार ३१ गते बिहान दुबईबाट काठमाडौँ फर्किएको न्यारोबडी ९–एन–एकेएक्स जहाज बायाँ इन्जिनको हाई प्रेसर टर्विन ट्रेलिङ एजमा समस्या देखिएपछि निगमको इन्जिनियरिङ विभागले चार साइकलभन्दा बढी उडाउन नमिल्ने बताउँदै हाल ग्राउन्डेड गरिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ साउन २०८०, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
१० नेपालीलाई लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन