जनकपुरधाम । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।मंगलबार राति ईश्वरपुर नगरपालिका ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो ।
ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी थारुले जनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते