नेकपा कार्यदलको समयावधी थपियो, पेरिसडाँडाको केन्द्रीय कार्यालय हटाइने

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०७५, १९ : ०७
नेकपा कार्यदलको समयावधी थपियो, पेरिसडाँडाको केन्द्रीय कार्यालय हटाइने

काठमाडौं  । नेपाल कम्युनिष्ट पाटी(नेकपाले) प्रदेश, जिल्ला संगठनात्मक तहका पार्टी संरचना एकीकरण गर्न गठित कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी सचिवालय बैठकले कार्यदलको समयावधि साउन मसान्तसम्म थप गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यदलको म्याद शुक्रबार सकिंदै थियो ।

त्यस्तै बैठक सोही कार्यदललाई केन्द्रिय सल्लाहकार राष्ट्रिय परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रिय आयोग र बिभागहरुमा रहने सदस्यको नाम पनि सिफारिस गर्न कार्यदेश दिइएको छ ।

बैठकले संगठनात्मक एकीकरण सहज बनाउन संघीय, प्रादेशिक मन्त्री, संघिय र प्रादेशिक मुख्य सचेतक, सचेतक, प्रदेशिक दलका नेता, स्थानीय तहका प्रमुख उपप्रमुखले प्रदेश र जिल्ला तहका मुख्य पद अध्यक्ष, सचिवको जिम्मेवारी नपाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभाका सांसदले समेत उक्त पदमा जिम्मेवारी नपाउने निर्णय गरेको उहा“ले बताउनुभयो ।

त्यस्तै बिधान र नियमावलीलाई व्यवस्थित गर्नका लागि विभिन्न विनियम, निर्देशिका आचारसंहिता निर्माण गर्न कार्यदल गठन गरिएको छ । समितिमा सुवास नेम्बाङ, भीम रावल, हरिबोल गजुरेल,  पम्फा भूषाल, जनार्दन शर्मा र वेदुराम भूषाल रहनुभएको छ ।

त्यस्तै बैठकले साउन मसान्तभित्र पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय पनि गरेको छ भने भदौ ८ र ९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने र जनसंगठनको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने निर्णय गरेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सेप्टेम्वर १२ देखि १९ सम्म एक प्रतिनिधीमण्डल चीन पठाउने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस