काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन् ।मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताएका हुन् ।
नेता घिमिरेले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताए । उनले पार्टी केन्द्रीय कार्य समिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिए ।
नेता घिमिरेले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाणलाई दुःख नपरेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, १६ : १९
लेखकबाट थप