करेन्ट लागेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, १९ : ११
करेन्ट लागेर एक जनाको मृत्यु

बेनी ।  करेन्ट लागेर सोमबार म्याग्दीको मालिका गाउँपालिका–५ रुम हुक्लाङडाडामा एक जनाको मृत्यु भएको छ। 

बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ का २६ वर्षीय अशोक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक किरण लामाका अनुसार उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले तामाङलाई मृत घोषणा गरेका थिए। तामाङ करेन्ट लागेर पोलबाट करिब ६ फिट तल खस्दा छाती र खुट्टामा पोलेर बेहोस भएका थिए। मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया दिनुहोस