धादिङ। गंगाजमुना गाउँपालिका वडा नम्बर ६ पिप्ले अर्चलेमा करेन्ट लागेर एक जना वृद्धाको आइतबार मृत्यु भएको छ ।
आफ्नै घरकोआँगनमा लुगा सुकाउने क्रममा गंगाजमुना गाउँपालिका वडा नम्बर ६की ७४ वर्षिया टिकादेवी दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।
दाहालको आफ्नै घरको आगनमा रहेको फलामको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। घटनाको सम्बन्धमा अस्थायी प्रहरी पोष्ट बसेरी र जिल्ला प्रहरी कार्यालय धादिङबाट थप अनुसन्धान भइरहेको जैसवारले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु