काठमाडौ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यका सामग्री, उपहारजन्य सामग्री, घडीलगायतका सामग्री किन्न पाइने भएको छ ।
नेपालबाट हाल नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले भन्सार ऐन, २०६४ आउनुअघि ड्युटी फ्री सप सञ्चालन गर्दै आए पनि हाललाई उक्त सेवा बन्द रहेको थियो ।
पर्यटन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेका अनुसार जारी भएको कार्यविधिले वायु सेवाको अतिरिक्त आम्दानी बढ्ने, वायु सेवालाई थप सबल, सुदृढ र दिगो बनाउने तथा राजस्व सङ्कलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने बताए ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ साउन २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
१० नेपालीलाई लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन