भिरबाट लडेर ३० वर्षीय युवकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, २० : ०१
भिरबाट लडेर ३० वर्षीय युवकको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ।

दिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो।

प्रतिक्रिया दिनुहोस