काठमाडौ । आपसी समझदारीमा समान ब्याजदर निर्धारण गर्दै आएका वाणिज्य बैङ्कहरूले साउनदेखि भने आफ्नै अवस्था अनुसार ब्याजदर निर्धारण गरेका छन् ।
साउन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले निर्धारण गरेको बचतको नयाँ ब्याजदर अनुसार पाँच बैङ्कले ब्याज बढाएका छन् भने नौ वटाले घटाएका छन् । छ बैङ्कले भने स्थिर राखेका छन् । सार्वजनिक विवरण अनुसार मुद्दती निक्षेपमा औसत ब्याजदर घटेर ९.७२ कायम भएको छ ।
मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज एनएमबी बैङ्कले १०.९८ प्रतिशत निर्धारण गरेको छ भने संस्थागतमा ७.९९ प्रतिशत तोकेको छ । त्यसपछि प्राइम कमर्सियल बैङ्कले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.९३ र संस्थागततर्पm ८.४९ प्रतिशत निर्धारण गरेको छ । एनआइसी एसियाले पनि १०.९३ प्रतिशत निर्धारण गरेको छ ।
कुमारीले व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागतलाई ७.५१ प्रतिशत निर्धारण गरेको छ । १५ विभिन्न बैङ्कले मुद्दतीको ब्याजदरलाई एकल बिन्दुमै सीमित गराएका छन् । मुद्दतीमा सबैभन्दा कम निर्धारण गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ८.९५ प्रतिशत रहेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, ग्लोबल आइएमई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, नेपाल एसबिआई बैङ्क, हिमालयन बैङ्क र सिटिजन्स बैङ्कले मुद्दती निक्षेप ब्याजलाई ९.९९ प्रतिशत कायम गरेका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ साउन २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?