काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका-४ रजखोरमा प्रदेश २-०२-००१ त १४९३ नम्बरको ट्याक्टरमा इलेक्ट्रिक साइकल ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका-३ ईटाटार बस्ने ७५ वर्षीय साधु साहको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै पर्वतको कुश्मा नगरपालिका-३ सकुश्मा दुर्लुङस्थित सडकमा ग.१ ज ५२२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ७ वर्षीया सितल विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जीपमा सवार ७ जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ भने ४ जना जिल्ला अस्पताल पर्वतमा उपचार पश्चात डिस्चार्ज भएका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता बाँकेको कोहलपुर नगरपालिका-११ मेरिस्टोप्सस्थित भे.७ प ७११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक नेपालगन्ज उपमहानगरपालिका-१८ कारकांदो बस्ने ३५ वर्षीय सुबास राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका-४ सेमरहवास्थित सडकमा लु.७३प ८६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ पकडी बस्ने ६५ वर्षीय चन्द्रिका अहिरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु