काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका-४ रजखोरमा प्रदेश २-०२-००१ त १४९३ नम्बरको ट्याक्टरमा इलेक्ट्रिक साइकल ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका-३ ईटाटार बस्ने ७५ वर्षीय साधु साहको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै पर्वतको कुश्मा नगरपालिका-३ सकुश्मा दुर्लुङस्थित सडकमा ग.१ ज ५२२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ७ वर्षीया सितल विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जीपमा सवार ७ जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ भने ४ जना जिल्ला अस्पताल पर्वतमा उपचार पश्चात डिस्चार्ज भएका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता बाँकेको कोहलपुर नगरपालिका-११ मेरिस्टोप्सस्थित भे.७ प ७११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक नेपालगन्ज उपमहानगरपालिका-१८ कारकांदो बस्ने ३५ वर्षीय सुबास राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका-४ सेमरहवास्थित सडकमा लु.७३प ८६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ पकडी बस्ने ६५ वर्षीय चन्द्रिका अहिरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
राजधानीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
पोखरीमा डुबेर झापामा दुई बालकको मृत्यु
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
रौतहटमा ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते