प्रचण्ड भन्नुहुन्छ्, नारायणकाजी बिच्किनु भएको छैन

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०७५, १८ : २६
प्रचण्ड भन्नुहुन्छ्, नारायणकाजी बिच्किनु भएको छैन
 

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनताले महशुश गर्ने गरि विकास निर्माणका कामले गति लिएपछि सर्वत्र राजनीतिक स्थिरताको महशुश हुने बताएका छन् ।

मंगलबार विहान वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देशमा राजनीतिक स्थिरता स्थापित भइ नै सक्यो । जनताले महसुस गर्ने गरि विकास निर्माणको कामले गति लिएपछि सर्वत्र राजनीतिक सिथरताको महसुस हुन्छ । हामी चाहीँ अहिले त्यही दिशामा काम गरिरहेका छनै. ।’

संचारकर्मीको अर्को जिज्ञासामा प्रचण्डले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पदबाट दिएको राजीनामा बारेमा त्यो सञ्चारमाध्यममा आएको जस्तो नभएको बताउँदै भने, ‘उहाँ कहाँ विच्किनु भएको छ र । कहाँ हिड्नु भा, कही हिड्नु भा छैन । त्यही हुनुहुन्छ, कही हिड्नु हुन्न् । उहाँ पार्टी प्रवक्ता हुनुहुन्छ ।’

तर भोलि बस्ने पार्टीको सचिवालय बैठकमा यसबारेमा छलफल हुने बताए । केही समय अघि प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विवाद हुँदा नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए । यधपि राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन् ।

प्रधानन्यायाधीशमा न्याय परिषदले सिफारिस गरेका दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेका विषयमा प्रचण्डले भने, ‘मिडियामा के आयो भन्दा पनि संसदीय सुनुवाई समितिमा पर्ने उजुरी र समितिले गर्ने सुनुवाईमा नै सिफारिस गरिएको व्यक्तिका बारेमा साँसदहरु निर्णय गर्न स्वतन्त्र रहको छन् ।’

प्रचण्डका अनुसार संसदीय सर्वोच्चता स्थापित गर्ने उद्देश्यले संसदीय सुनुवाई विशेष समितिको व्यवस्था गरिएको हो । त्यसबारेमा सांसदले गर्ने छलफल र निर्णय भरपर्छ । यसबारेमा दुईवटा स्कूलिङ रहेको उनले बताए । एउटा स्कुल अफ थटअनुसार सिफारिस गरिएको व्यक्ति संसदीय सुनुवाई समितिले अनुमोदन गर्नु पर्ने भन्ने छ । र अर्का स्कुल अफ थटले चाहीँ संसदीय सर्वोच्चता स्थापित गर्नेका लागि सुनुवाई समिति छलफल गर्न स्वतन्त्रता पूर्ण निर्णय गनु पाउनु पर्छ भन्ने छ ।

संवैधानिक अंगमा नियुक्ती
नेकपाका अध्यक्ष प्रचण्डले रिक्त रहेका संवैधानिक अंगमा अव छिट्टै पदपूर्ति गरिने बताएका छन् । प्रचण्डले भने, ‘रिक्त रहेका संवैधानिक अगंमा पदपूर्ती गर्ने र नयाँ संविधानले व्यवस्था गरे बमोजिम नयाँ आयोग गठन गर्ने विषयमा सोमबार मेरो र प्रधानमन्त्रीबीच कुरा भएको छ अब छिट्टै यसले पूर्णता पाउँछ ।’

आगामी २५ गतेसम्म तल्लो तहबाट सुझाब मागेका छौं । २५ गतेदेखि भदौं ५ गतेभित्र देशभरका सबै पार्टी कमिटिहरु एक भइसक्छन् । पार्टी एकताको महान अभियानका क्रममा को खुशी वा बेखुसी भए भन्दा पनि ‘जनतालाई सुन्तष्टी पार्ने कुरा हो । आम पार्टी पक्तिलाई सन्तुष्टी पार्ने कुरा हो । एक दुई जनाको कुरा होइन ।’

नागरिकता
जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ । प्रधानमन्त्री, म र गृहमन्त्री बसेर प्रक्रिया अगाडि बढोनुस् भने प्रधानमन्त्रीले मेरै अगाडि निर्देशित गर्नु भएको छ । ‘नागरिकता समस्या समाधानका लागि प्रक्रिया अगाडि बढिसकेको छ । नागरिकता समस्या समाधान भइसकेको छ ।’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस