काठमाडौं । भारतमा खोलाले बगाउँदा एक नेपालीको ज्यान गएको छ । रोल्पाको त्रिवेणी-४ चालढुंगा निवासी नरेश वलीको भारतमा खोलाले बगाउँदा मृत्यु भएको हो ।खोलाले बगाउँदा ४७ वर्षीय वलीको असार २५ गते चन्डीगढमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी किनारमा घुमघाम गर्न पुगेका बेला उक्त नदीको ड्याम खोलिँदा एक्कासि आएको बाढीले उनलाई बगाएको थियो । असार २५ गते बेलुकीको ५ बजेर ४० मिनेटतिर वलीलाई बगाएको थियो ।
साथमा घुम्न पुगेका साथीहरूले उनलाई बचाउने कोसिस गरेका थिए । नरेशका भाइ कविराज नदीमै हाम फालेर दाइलाई बचाउने प्रयास गरे पनि उनको प्रयास विफल भएको हो ।
नदीले २५ गते सोमबारका दिन बगाए पनि उनको शव दुई दिनपछि असार २७ गते बुधबारका दिन बेलुकी ६ बजे करिब ३५ किलोमिटर टाढाको मुबारकपुरमा फेला परेको थियो ।
मृतक वलीको शवको पोस्टमार्टम भने असार २९ गते भारतको पन्चुला सेक्टर ६ स्थित अस्पतालमा गरिएको थियो । भारतमा रहेका आफन्तले चन्डीगढकै मनिमाजरा हाउजिङ बोर्ड नजिक रहेको घाटमा दाहसंस्कार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु