काठमाडौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज शनिवार पनि बस्दैछ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रवार बसेको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिवार बिहान पुनः बस्ने गरी बैठक स्थगित भएको थियो ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।
संगठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल गरिनेछ ।
३ दिनसम्म चल्ने बैठकमा जनसंगठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, ०६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय