डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले बताए ।
घटना बेलुकी ६:३० बजे गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा वीरबहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा गाडी दुर्घटना, २ महिलाको मृत्यु, १ घाइते
दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
झापामा सवारी दुर्घटना, एकजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु, पाँच घाइते
मोटरसाइकल दुर्घटनामा परि महिलाको मृत्यु