जनकपुरधाम । धनुषामा खेतमा सिँचाइ गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ गर्न जाँदै गर्दा अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय सत्यनारायण यादवले राति आफ्नै बोरिङगबाट खेतमा सिँचाइ गरी तार त्यतिकै छाडेर घर गएका थिए । सोही बाटो हुँदै ठाकुर आफ्नो खतेमा जान लागेको बेला नांगो तार भएको ठाउँमा छोएर करेन्ट लागेको स्थानीयले बताएका छन् । तार ओछयाएर छाड्ने सत्यनारायण यादव भने फरार छन् ।
शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल राखिएको र अनुसन्धानका लागि सत्यनारायण यादवको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु