काठमाडौं । दैनिक रुपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन् ।
दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन् ।
‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले भनेका छन, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत