काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि निर्मल निवासमा पुगेका राजावादीहरुलाई प्रवेश निषेध गरिएको छ। निर्मल निवासमा प्रवेश नदिइएपछि गेटमै पूर्वराजाको नाममा पुष्पगुच्छा र अभिनन्दनपत्र बुझाएर राजावादीहरु फर्किएका छन् । पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीहरुले एक समितिनै गठन गरेका थिए ।
सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुग्दा ज्ञानेन्द्र शाह भने त्यहाँ थिएनन् । पूर्वराजा नभएको भन्दै उनीहरुलाई प्रवेश पनि नदिइएको हो । पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको पुष्टि गरे ।
जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेको जानकारी आफूलाई आएको उनले बताए । यस्तै बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनको भनाइ ।
राजावादीहरु भेला भएर पूर्वराजालाई अभिनन्दन गर्न लाग्दा उहाँचाहिँ किन अनुपस्थित हुनुभएको भन्ने प्रश्नमा पाठकले भने, ‘जनतालाई दुःख नदिने खोजेको होला नि !’ राजाले सकेसम्म जनतालाई दुःख नदिने उनको जिकिर थियो । यसअघि नै पूर्वराजाको जन्मदिन मनाउन केशरी महतोको अध्यक्षतामा नागरिक मुल समारोह समिति बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आन्दोलनमा पुनः फाटो : नेतृत्व र रणनीतिमा गहिरिँदो मतभेद
राजावादीको चर्तरब्युह नारायण मन्दिरमा दिप प्रज्वलन योजना असफल : 'दिप प्रज्वलनको बहानामा निषेधित क्षेत्र मिच्ने योजना'
राजावादीले सुरु गरे धर्ना
राजावादी समूहले शुक्रबार मातीघरमा प्रदर्शन गर्दै
राजावादीहरुको रणनीति : आन्दोलन एक हप्ता टिकाउने, आधिकारिक सूचनामा मात्रै भर पर्न निर्देशन
राजावादीको आन्दोलनमा झडप