नारायणी नदी सहित देशका नौ नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १० : ४६
नारायणी नदी सहित देशका नौ नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

चितवन। नारायणी नदी सहित देशका ९ वटा नदीहरूमा आज पनि पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणी, कोशी, कर्णाली, महाकाली, कन्काई लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने महाशाखाले जानकारी दिएको हो ।

महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, ‍त्रिशुली, सेती,भेरी, महाकाली र कन्काइ नदीमा पानीको बहाब उल्लेख्य बढ्नेछ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने बताइएको छ।