काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ । १० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिटा डंगोलको एकलौटी भएको भन्दै बजेट पास गर्न बोलाएको नगर सभा अवरुद्ध बनेको हो ।
‘नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छलफल नगर्ने अनि सिधै पास गरौं त भन्न मिलेन नि ! त्यही भएर हामीले विरोध गरेका हौं,’ नेपाली कांग्रेसबाट निर्वाचित भएका एक वडाध्यक्षले भने,‘ बजेट पास गर्नको लागि सबै विषयमा छलफल हुनुपर्छ । नेतृत्वले मनलाग्दी गर्न पाउँदैन ।’
सभाका सदस्य सचिव रहेका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विशेष कारणले २६ गतेसम्मको लागि नगरसभा स्थगित भएको सूचना प्रकाशित गरेका छन् ।
वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने