ग्रीन्ल्याण्ड स्कुलमा स्वास्थ परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, ११ : ३०
ग्रीन्ल्याण्ड स्कुलमा स्वास्थ परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

भरतपुर।  ( भरतपुर १२ स्थित ग्रीन्ल्याण्ड पब्लिक स्कुलमा स्वास्थ परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । पुष्पाञ्जली हस्पिटलको प्राविधिक सहयोगमा स्कुल परिसर भित्रै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा पूर्व प्राविका करिब एक सय ५० जना अभिभावकहरुलाई बालबालिकाको स्वास्थ्य बारे सचेत गराईएको थियो । अस्पतालका बालरोग विशेषज्ञ डा।किरण देवकोटा र नाक ,कान र घाँटी विशेषज्ञ डा ।लालबहादुर गुरुङले सहजिकरण गरेका थिए ।

यस्तै डा द्धयले एक सय ५० जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण समेत गरेका स्कुलका सहायक प्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए । विद्यार्थीहरुको स्वास्थ्य परीक्षण नियमित गर्नु महत्वपूर्ण भएकोले कार्यक्रम गरिएको स्कुलमा प्राचार्य इन्दिरा कार्की पन्तले बताईन् ।सोही अवसरमा अभिभावकहरुलाई पनि बालबालिकाको स्वास्थ्य बारे सचेत गराईएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस