कार चलाउन सिक्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १८ : ५१
कार चलाउन सिक्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

काठमाडौं । कार चलाउन जो-कोहीको रहर हुन सक्छ, तर सबैलाइ कार चलाउन आउछ भन्ने चाँहि हुँदैन । यदी तपाई कार चलाउन सिक्ने बारेमा सोच्दै हुनुहुन्छ भने यी कुरामा ध्यान पुर्याउन जरुरी हुन्छ ।

यदी समान्य जानकारी पनि नराखी तपाई कार चलाउन सिक्न जानुभयो भने तपाईको समय सामान्य जानकारी लिनमा धेरै खर्च हुन्छ ।

यी कुरा जानकारी राख्नुस्

कार चलाउन सिक्न ड्राइभिङ स्कुलमा जानुभन्दा पहिला कारको बारेमा पुरा जानकारी लिन जरुरी हुन्छ । कार एक्सिलेटर, ब्रेक, क्लच, स्टेयरिंग, गियर, लाइट, पावरजस्ता बिषय जानकारी लिएर जानुस् । जसले कार चलाउन सिक्दा तपाईलाई सहज हुने छ । 

सिटको बसाइ

कार चलाउन सिक्न पहिलो पटक जब सिटमा बसिन्छ त्यतिबेला सिटमा कसरी बस्ने भन्ने कुरामा बिशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईले कारमा बसेर सहज महशुस गर्नुभएन भने कार चलाउन गाह्रो हुन्छ, जसले गर्दा तपाइको कार सिक्न लाग्ने समय लम्बिन सक्छ । 

आफ्नो उचाइ र शारिरिक साइज अनुसार सिटलाई मिलाउनुहोस् ताकि सजिलै खुट्टा ब्रेक, क्लच र एक्सेलेरेटरमा पुगोस् र यसको प्रयोग गर्न सकियोस् ।

ध्यान एकत्रित गनुहोस्

कार चलाउन सुुरु गर्नु पहिला मिरर मिलाउन बिशेष ध्यान दिनुहोस् जसबाट पछाडि हेर्न सजिलो होस् । त्यसपछि ड्राइभिङ्गमा ध्यान लगाउनुहोस्, सडकमा ध्यान केन्द्रित गर्नुहोस् ।

उचित दुरी

तपाईले कार सिक्दैगर्दा अगाडि पछाडि अरु पनि सिकारु हुन सक्छ त्यसैले उचित दुरी कायम राख्नु जरुरी हुन्छ ताकी कुनै दुर्घटना नहोस् । अचानक रोक्न वा मोड्न पर्ने अबस्थालाई ध्यान दिनुस् ।

शान्त रहनुस्

कार सिक्दैगर्दा शान्त रहनुस् । म्युजिक बजाउने वा प्रशिक्षकसँग अनावश्यक बिषयमा कुुरा नगर्नुहोस् । 

प्रशिक्षक चयन

कार चलाउन सिक्नका लागी प्रशिक्षकको प्रमुख भुमिका रहने गर्छ । प्रशिक्षक चयनगर्दा बिशेष ध्यान पुर्याउनुहोस् ।  

प्रतिक्रिया दिनुहोस