काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन भूमिका खेल्ने बताएका छन् ।बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसद्लाई सबल र राष्ट्रको हितमा काम गराउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् ।
उनले संसदभित्र भएका समस्या र कमी कमजोरीहरूलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताए । सभामुख घिमिरेले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए । उनले चुनाव जसरी पनि जित्नुपर्ने नभई स्वस्थ प्रतिस्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राखे । अध्यक्ष तिमिल्सिनाले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद् सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने