काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित नगरपालिकाका ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
साहसहितका ४ कर्मचारीले विभिन्न तीनवटा योजनामा उपभोक्ता समितिले काम गरेको भन्दा बढी रकम भुक्तानी गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत समेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कुशवाहले सिम्रौनगढ नगरपालिका–२ को रानीबास संग्रहालय भवन निर्माण र अन्य दुई योजनामा काम भएको भन्दा करिब ६ लाख रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको आरोप छ ।
रानीबास संग्रहालय भवन निर्माणमा ४ लाख २ हजार ९८० रुपैयाँ २० पैसा बढी भुक्तानी दिएको भन्दै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष निरञ्जनप्रसाद कुशवाह, सचिव रामपाल दास र कोषाध्यक्ष सन्ध्या देवीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै सिम्रौनगढ नगरपालिका–८ रामदिनेशको घरदेखि कचोर्वा बजारसम्मको सडक ढलानमा ८१ हजार ९६३ रुपैयाँ ४५ पैसा बढी भुक्तानी दिएको अख्तियारको दाबी छ । यसमा उपभोक्ता समितका अध्यक्ष सञ्जय यादव, सचिव दिपेन्द्र चौधरी र कोषाध्यक्ष विजुृली देवी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिम्रौनगढ नगरपालिका–२ स्थित रानीबास खेल मैदान निर्माणमा १ लाख ५६८ रुपैयाँ ७५ पैसा बढी भुक्तानी दिएको आरोप छ । उपभोक्ता समितकिा अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोर साह कानुन र कोषाध्यक्ष गीताकुमारी साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा