काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाएका छन ।
बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपालं) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएपनि त्यसमाथि नै बबण्डर मच्चाउन खोजिएको बताएका छन ।
प्रधानमन्त्री दाहालले आफूले पुस्तक विमोचन कार्यक्रममा उनी सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए। प्रधानमन्त्री दाहालले बेलुनरुपी बबण्डर चाँडै फुट्ने पनि स्पष्ट पारे। उनले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा प्रमाणित गर्ने बताए ।
प्रधानमन्त्री दाहालले चाँडै नै माओवादीहरु एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन सुरु गर्ने बताए । प्रधानमन्त्री दाहालले जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताए । उनले २०८४ को निर्वाचनमा २०६४ सालमा जितेको सिट भन्दा बढी जित्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १४ : ५९
लेखकबाट थप