कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग !

सफल खबर संवाददाता

आइतबार, २० साउन २०७५, १७ : २३
कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग !

फाइल फोटो

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन ।
प्रदेश नम्बर ५ मा आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन ।

अयोग्य व्यक्तिलाई प्रधानन्यायाधीसमा सिफारिस गर्ने प्रधानमन्त्रीमाथि पनि नैतिक प्रश्न उठ्ने भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
त्यस्तै दुई तिहाईको दम्भकै कारण सरकार अधिनायकवाद तर्फ अगाडि बढेको संकेत गरेको आरोप लगाए । कांग्रेस

सांसद भुवनेश्वर चौधरीले मुक्त कमैयाहरुको घर निर्माणका लागि काठ किन्न सरकारले एक वर्ष अगाडि उपलब्ध गराएको एक करोड ७० लाख रुपैयाँ नभएको भन्दै बर्दियाको सुकुम्बासी समस्या तत्काल समाधान गर्न पनि उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस