काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।
‘भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेका छन्, पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ ।
त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु,’ ओलीले भनेका छन, ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गरोस् भन्ने बिषय पनि ओलीले ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविविरुद्ध फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीश होइनन् : केपी ओली
आफ्नै देशको नक्सा राखेर नयाँ नोट छाप्न लागेको हो, कसैले टाउको दुखाउनु पर्दैन : केपी ओली
पूर्वाधार विकासमा धेरै ठुला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली
सुकुम्बासी बस्तीमा डोजर चलाएर होइन, एउटा फ्लाट दिएर समस्या समाधान गरौं: अध्यक्ष ओली
इलामको विजय र्यालीमा ओली– सुहाङलाई राजकुमार भन्नेलाई जनताले देखाइदिए
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन