केहि महत्वपुर्ण मुद्धामा संविधान संशोधनको तयारी भईरहेको छ :प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २० साउन २०७५, १६ : ४८
केहि महत्वपुर्ण मुद्धामा संविधान संशोधनको तयारी भईरहेको छ :प्रचण्ड

फाइल फोटो


काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनतालाई सम्बोधन हुने गरी संविधान संशोधन हुने बताउनुभएको छ ।

  आज आइतबार बाराको कलैया उपमहानगरपालिकामा सडक शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधनका लागि तयारी भईरहेको जानकारी दिनुभयो ।
   
संशोधन गर्नै पर्ने केहि महत्वपुर्ण मुद्धाहरु छन् ,उहाँले भन्नुभयो ,“ संविधान पूर्ण होइन, यो परिवर्तन हुन्छ । संविधान एउटा गतिशिल दस्तावेज हो, समय र मागअनुसार परिवर्तन गर्न सकिन्छ ।”

नेकपा का अध्यक्ष प्रचण्डले मधेसका जनताका सहि माग सम्बोधन गर्न संविधान संशोधनको प्रकृया अघि बढ्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस