संसदीय समितिको बैठकमा प्लास्टिकका बोतल निषेध

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, १० : ४२
संसदीय समितिको बैठकमा प्लास्टिकका बोतल निषेध

काठमाडौँ । संसदीय समितिमा प्लास्टिकका बोतल निषेध गरिएको छ । अर्थ समितिको बैठकमा प्लास्टिकका पानीको बोतलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको हो ।

यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै पर्यावरण संरक्षणमा सानो उपलब्धि हासिल भएको बताएका छन् । 

उनले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थाले पछि लेखेका छन्, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यान्वयन गरी पुनः प्रयोग गर्न सकिने स्टिल र सिसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद। सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’ 

प्रतिक्रिया दिनुहोस