काठमाडौ । सर्लाहीको चन्द्रनगरमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो।
उनी ट्रकमा काम गर्ने मजदुर हुन्। उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।
घटनामा ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय (सर्लाही) ले जनाएको छ।
उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारsf लागि वीरगन्ज लगिएको छ।
सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ बाट धानको भुस लिएर सर्लाहीकै ब्रह्मपुरीतर्फ जाँदै गरेको ट्रक हाई भोल्टेजको बिजुलीको तारमा छोइँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु