सरकार भ्रष्टाचारविरोधी अभियानबाट पछि हट्दैन : कृष्णबहादुर महरा

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, २० : ०१
सरकार भ्रष्टाचारविरोधी अभियानबाट पछि हट्दैन : कृष्णबहादुर महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार सरकार भ्रष्टाचारविरोधी अभियानबाट पछि नहट्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिक भएर अघि बढेको भन्दै वर्तमान सरकार सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका हुन्।

उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरूको एकपछि अर्को फाइल खोल्ने जिकिर गरे। अहिले सरकारका कामकारबाही सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ। 

महराले समयमा नै पाठ्यपुस्तक उपलव्ध गराउनेदेखि मिटरव्याजी समस्या समाधान लगाएतका धेरै राम्रा काम गरेको दाबी गरे। तुयस्तै महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना गरेको भन्दा विकास र प्रयोग अझ अघि बढेको बताए। सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए।