सांसद धनबहादुर बुढालाई हटाएर बामदेव गौतमलाई ल्याइए डोल्पाली युवाहरुलाई मान्य नहुने चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १८ : ०३
सांसद धनबहादुर बुढालाई हटाएर बामदेव गौतमलाई ल्याइए डोल्पाली युवाहरुलाई मान्य नहुने चेतावनी

काठमाडौँ । डोल्पाका युवाहरुले आफ्ना सांसद धनबहादुर बुढालाई पदबाट राजीनामा गराउने खेल भईरहेको भन्दै आपत्ति जनाएका छन । डोल्पाका युवाहरुले सांसद बुढालाई राजीनामा दिन लगाएर सो निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता बामदेव गौतमलाई उपनिर्वाचनमार्फत् ल्याउने षडयन्त्र भईरहेको दावी गर्दै आपत्ति जनाएका हुनु ।

उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उहाँलाई पाँच वर्षसम्म काम गर्न दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन ।

केही दिनयता संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री समेत रहनु भएका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा विभिन्न समाचार माध्याममा आएको थियो । त्यसो गरिए मान्य नहुने डोल्पाका युवाहरुको चेतावनी छ ।

उनीहरुले निर्वाचनमा हार खाएका  वरिष्ठ नेता गौतमलाई सांसद बनाए त्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लागि इतिहासको सबैभन्दा ठूलो कलंक हुने तर्क समेत गरेका छन । जनताको आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसावले नमिल्ने भएकाले त्यसो नगर्न नेपाल कम्युनिष्ट पार्टीलाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले जानकारी दिनु भयो ।

डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बुढाले निर्वाचनमा अत्याधिक मत पाएका थिए । स्थानीयले बुढा पाँच वर्षका लागि आफ्नो प्रतिनिधि भएकाले कसैले पनि बीचमा राजीनामा नगराउन नमिल्ने तर्क पनि गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस