एजेन्सी । अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ ।
अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।
अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा एतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।
मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको छ । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् ।
मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ असार २०८०, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु