श्रीलंकाले ओमानलाई १० विकेटले हरायो

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १६ : ४६
श्रीलंकाले ओमानलाई १० विकेटले हरायो

काठमाडौं। श्रीलंकाले ओमानलाई दस विकेट पराजित गरेको छ। जिम्बावेमा भइरहेको आईसीसी विश्कप छनौटअन्तर्गतको खेलमा ओमानले दिएको ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले १५ ओभरमा बिना विकेट क्षति पूरा गर्‍यो।

श्रीलंकाका लागि डिमुथ करुनारात्नेले अविजित ६१ रन बनाए भने पाथुम निशंकाले ३७ रनमा अविजित रहे। ओमानलाई सस्तैमा समेट्न श्रीलंकाका वानिन्दु हसरंगाले ५ विकेट लिए। ७.२ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै १३ रन दिका थिए। त्यस्तै लहिरु कुमाराले ३ विकेट लिएका थिए। 

ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए। त्यस्तै जतिन्द्र सिंहले २१ र फयाज बट्ट्ले १३ रन बनाउँदा बाँकीले दोहोरो रन जोड्न सकेनन्। मोहम्मद नदिम, सोइब खान, जय ओडेरा र बिलाल खान शून्यमै आउट भए। 

प्रतिक्रिया दिनुहोस