८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १५ : ५७
८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ ।  

शुक्रवारबाट मेला शुरु भएको हो । शैक्षिक मेला असार ८, ९ र १० गते सञ्चालन हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भइरहेको मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् । 

 

मेलामा बोल्दै हिसानका उपाध्यक्ष एवं मेला संयोजक टंकराज आचार्यले जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको बताए । उनले १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु सहभागी हुने बताए ।गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौँ महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो । आजबाट मेला पुनः सुचारु भएको छ । 

प्रतिक्रिया दिनुहोस