मकवानपुरमा कार दुर्घटना, एकजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, २० : ०१
मकवानपुरमा कार दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं। मकवानपुरमा आज दिउँसो कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा–३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो ।

बी.ए.सी ०५३७ नम्बरको कार अनियन्त्रित भएर सडकदेखि अन्दाजी तीन सय मिटर तल खोँचमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

लामाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भीमफेदी गाउँपालिका–५ बस्ने ४५ वर्षका राजकुमार बल घाइते भएका छन् । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।